नेकपा (माओवादी) का दुई कार्यकर्ता पेस्तोलसहित पक्राउ

नेकपा (माओवादी) का दुई कार्यकर्ता पेस्तोलसहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ माघ २०८०
  • 11.1K
    Shares

पोखरा, ६ माघ २०८० /

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का दुई कार्यकर्ता मकवापुरबाट पेस्तोलसहित पक्राउ परेका छन् ।

बाजुराका ३१ वर्षीय देवबहादुर थापा र पूर्वी नवलपरासीका ५७ वर्षीय वीरबहादुर थापा मगर हेटौंडाको रातोमाटे चेकपोस्ट नजिकैबाट शुक्रबार पक्राउ परेका हुन् । प्रहरीले थुनामा राखेर उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।

यसैबीच नेकपा (माओवादी)ले विज्ञप्ति जारी गर्दै फर्जी हतियार भिराएर आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको छ । महासचिव ‘महावीर’को नामा जारी विज्ञप्तिमा दुवै कार्यकर्तालाई अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरेको उल्लेख छ ।

प्रतिक्रिया