बलिदानी सहकारी ठगी प्रकरण : अध्यक्ष श्रेष्ठ र लेखा सदस्य थापालाई धरौटीमा छाड्न उच्च अदालतद्वारा अस्वीकार, थुनामैं राख्न आदेश

बलिदानी सहकारी ठगी प्रकरण : अध्यक्ष श्रेष्ठ र लेखा सदस्य थापालाई धरौटीमा छाड्न उच्च अदालतद्वारा अस्वीकार, थुनामैं राख्न आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ माघ २०८०
  • 3.8K
    Shares

बलिदानी उपभोक्ता सहकारी संस्था, पोखरा

पोखरा, ५ माघ २०८० /

उच्च अदालत पोखराले पोखराको पृथ्वीचोकमा कार्यालय रहेको बलिदानी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष अजय श्रेष्ठ र लेखा समिति सदस्य सचिना थापालाई धरौटीमा छाड्न इन्कार गरेको छ। न्यायाधीशद्वय राजप्रसाद भट्टराई र अमृतबहादुर बस्नेतको बिहीबारको संयुक्त इजलासले उनीहरूलाई धरौटीमा छाड्न इन्कार गरेको हो ।

उक्त इजलाशले उनीहरूलाई थुनामा राख्ने मंसिर ३ गतेको जिल्ला अदालतकै आदेशलाई सदर गरिदिए पछि उनीहरु पुर्पक्षमा रहने गरी कारागारमा बन्दी जीवन बिताउन बाध्य भएका छन्। उनीहरुले थुनामुक्त भएर मुद्दा लड्न पाउँ भन्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

बलिदानी सहकारीबाट एकहजारभन्दा बढी बचतकर्ताको १० करोड रुपैयाँ अपचलन गरेको आरोप सञ्चालक समितिलाई लागेको छ । प्रहरीले सहकारीको रकम हिनामिना गरेको भन्दैं १५ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । जसमध्ये हालसम्म छ जना मात्रै पक्राउ परेका छन् । बाँकी नौ जना अझै फरार छन् । पक्राउ परेका मध्ये तीन जना धरौटीमा रिहा भएका छन् ।

प्रतिक्रिया