पोखरा, ५ माघ २०८० /
पोखरामा आफुले पढेकै स्कुल बसले ठक्कर दिंदा तीन वर्षीय बालकको निधन भएको छ। पोखरा महानगरपालिका–२४ कास्कीकोट काउले स्थित बाल प्रतिभा बोर्डिङ स्कुलको ग १ क ४०८२ नम्बरको बसले ठक्कर दिंदा सोही स्कुलमा अध्ययनरत तीन वर्षीय बालकको निधन भएको हो।
स्कुलबाट फर्कने क्रममा घर नजिकै स्कुल बसबाट झरेका स्थानीय तीन वर्षीय बालक समिर कार्कीलाई सोही बसले ठक्कर दिएकोमा तत्काल उद्धार गरी उपचारार्थ मेट्रोसिटी अस्पतालमा पुर्याइएकोमा त्यहीं उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ
सोही विद्यालयको नर्सरीमा अध्ययनरत विद्यार्थी समिर कार्की भए पछि अनुसन्धानका लागि प्रहरीले स्कुल बस र बस चालकलाई नियन्त्रणमा लिएको प्राप्त समाच्व्हारमा जनाइएको छ ।