दार्चुलामा एकाबिहानै बस दुर्घटना : चालक सहित १४ जना घाइते

दार्चुलामा एकाबिहानै बस दुर्घटना : चालक सहित १४ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ माघ २०८०
  • 3.3K
    Shares

पोखरा, ५ माघ २०८० /

दार्चुलामा एकाबिहानै बस दुर्घटना हुँदा चालक सहित १४ जना यात्री घाइते भएका छन्। दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे सू.प्र.प्र.०२ ००१ ख १०३१ नम्बरको बस दुर्घटना हुँदा चालक सहित १४ जना घाइते भएका हुन्।

उक्त बस दार्चुलाको महाकाली नगरपालिका ५ (फाेहर सङ्कलन केन्द्र) नजिक दुर्घटनाग्रस्त हुँदा घाइते भएका १४ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। घटनाको बिस्तृत विवरण आउने बाँकी रहेको प्राप्त जानकारीमा उल्लेख छ।

प्रतिक्रिया