फागुन २ गते बिहे तय भएकी बक्सिङ खेलाडी गोसाईले किन आत्महत्या गरिन् ?

फागुन २ गते बिहे तय भएकी बक्सिङ खेलाडी गोसाईले किन आत्महत्या गरिन् ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ माघ २०८०
  • 9.3K
    Shares

मृत भेटिएकी बक्सिङ खेलाडी निता गोसाई

पोखरा, ४ माघ २०८० /

सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्दै आएकी खेलाडी नीता गोसाईं भक्तपुरमा मृत अवस्थामा फेला परेकी छन् ।

उनी भक्तपुर नगरपालिका–८ स्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरका डीएसपी बसन्त पाठकले जानकारी दिए।

मंगलबार साँझ ८ बजे आफ्नै तीन तले घरको छतमा रहेको जस्ताको डन्डीमा पासो लगाई झुण्डिएको अवस्थामा देखे पछि उनका दाईले डोरी काटेर निकालेको बताइएको छ।

फागुन २ गते बिहे तय भएकी २७ बर्षीया गोसाईलाई आत्महत्या गर्न बाध्य पारिएको दाबीसहित परिवारका सदस्यले एक युवकविरुद्ध परिवारले प्रहरी वृत्त, जगातीमा आत्महत्या दुरुत्साहनको कसूरको उजुरी दिएका छन्।

सशस्त्र प्रहरीका तर्फबाट घरेलु प्रतियोगित खेल्दै आएकी गोसाईलाई ति युवकले याताना दिएको भन्ने उजुरीमा उल्लेख थियो। बिगतमा भएको सम्बन्धका कारण युवकले मानसिक यातना दिएको दाबी छ।

ती युवकलाई प्रहरीले पक्राउ गरिसकेको बताइन्छ। प्रहरीले यस विषयमा अनुसन्धान जारी राखेको छ।

नीता ६ वर्षअघि सशस्त्र प्रहरीमा भर्ना भएकी थिइन्। नवौँ राष्ट्रिय खेलकुदमा उनी ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन्।

प्रतिक्रिया