पोखरा, ५ माघ २०८० /
पोखरा महानगरपालिकाका नेतृत्वप्रति असन्तुष्ट वडा सदस्यहरु एकजुट भएका छन्। जनताबाटै निर्वाचित भए पनि वडाध्यक्षहरुको तुलनामा वडा सदस्यहरुलाई महानगरको नेतृत्वले बेवास्ता गरेको भन्दै उनीहरु एकजुट भएका हुन्।
पोखरा महानगरपालिकामा ३३ वटा वडाहरु रहेका छन् र हरेक वडामा चार जना जननिर्वाचित वडा सदस्यहरु रहेका छन्। ती वडा सदस्यहरु मध्ये महानगरको नेतृत्वप्रति असन्तुष्ट ३४ जना वडा सदस्यहरुले बुधबार पोखराको चर्चित दि भिलेज रेस्टुरेन्टमा भेला पनि गरेका छन्। उक्त भेलाबाट उनीहरुले महानगरको नेतृत्वले आफूहरुको भूमिका प्रति बेवास्ता गरेकोमा असन्तुष्टि जनाउदै अन्य वडा सदस्यहरुलाई समेत एकत्रित गर्न माघ ११ गते आ-आफ्नो खर्चमा बनभोज,अन्तरक्रिया तथा वडा सदस्यको क्षमता अभिवृद्धि कार्यक्रम गर्ने निर्णय गरेका छन्।
उक्त भेलामा सहभागीहरुले आफूहरुको नगरसभामा तालि बजाउने र मासु चिउरा खाने बाहेक अरु केही भूमिका नपाएकोमा आक्रोश पोखेका थिए।
यता पोखरा महानगरपालिकाले वडा अध्यक्षलालाई काम,कर्तब्य र अधिकार को बारेमा तालिम,च्याम्पियन गरिरहदा वडा सदस्य लाइ त काम,कर्तब्य र अधिकार को बारेमा सिकाइ रहेको तर वडा सदस्यहरुलाई क्षमता अभिवृद्धि गर्न तालिम समेत नदिएकोमा उनीहरुको असन्तुष्टि रहेको छ।
अहिलेसम्म १४ वटा नगर सभा भएता पनि वडा सदस्यले आफ्ना कुरा राख्न खोज्दा केहि सुनुवाई नभएकोमा पनि उनीहरु असन्तुष्ट रहेको समाचार स्रोतहरुले जानकारी दिएका छन्।