पोखरा, ३ माघ २०८० /
काभ्रेको बनेपा नगरपालिकाका एक जना वडाध्यक्ष ललितपुरबाट आज साँझ घुस रकमसहित पक्राउ परेका छन्। बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ स्थित गठ्ठाघरबाट पक्राउ गरेको हो।
घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि रु १५ लाख घुस लिएको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ।
आरोपी अध्यक्षसँगै आएका बा ७ च १२९ नम्बरका कार चालक बाह्रबिसे घर भई भक्तपुरको दुवाकोट बस्ने पदम बहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ ।