दाङको सानो बखरिया जंगलमा माइजू-भान्जा मृत भेटिए

दाङको सानो बखरिया जंगलमा माइजू-भान्जा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ माघ २०८०
  • 9.1K
    Shares

पोखरा, ३ माघ २०८० /

दाङको सानो बखरिया जंगलमा माइजू-भान्जा मृत भेटिएका छन्। नाताले माइजू पर्ने तुलसीपुर ३ निवासी ३४ वर्षीया बसन्ती थापा र सोही ठाउँका भाञ्जा १९ वर्षीय तुलसीराम घर्ती बुधबार अपरान्ह ४ बजेतिर सानो बखरियाको जंगलमा मृत भेटिएका हुन् ।

पुस ९ गतेदेखि हराएका उनीहरु एउटै रुखमा झुण्डिएको अवस्थामा सानो बखरिया जंगलमा पात टिप्न गएका स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर अमेलिया सडक खण्डको झन्डै एक किलोमिटरभित्र जंगलमा उनीहरुको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु गाउँबाट हराएपछि थापाका श्रीमानले खोजीका लागि प्रहरीमा निवेदनसमेत दिएका थिए । थापाले दुई वर्षदेखि माताको रुपमा काम पनि गर्दै आएकी थिइन् ।

उनीहरुले नजिकै खाजा खाएर सामूहिक आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । हराएको लामो समय भएपनि शव भने धेरै दिनको नभएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया