पोखरा, ३ माघ २०८० /
मध्यराती बोलेरो जिप चोरेर भाग्दै गरेका एक युवा पोखराबाट पक्राउ परेका छन्। गएको राती साढे एक बजे पोखराको अमरसिंह चौरमा पार्किङ गरिराखेको ग २ च २३४३ नम्बरको बलेरो जिप चोरेर भाग्दै गरेका युवा पोखराबाट पक्राउ परेका हुन्।
उक्त बोलेरो जिप चोरेर भाग्दै गरेका अवस्थामा पोखरा महानगरपालिका वडा नम्बर १४ खाल्टेमसिना बस्ने वर्ष २० का गोविन्द परियारलाईपोखरा १४ समिनतराबाट प्रहरीले पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय रामबजार पोखराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका अभियुक्त परियारबिरुद्ध चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।