सुर्यदर्शन सहकारी ठगी प्रकरण : के पक्राउ पर्लान्, अध्यक्ष जिबी राई र तात्कालिन प्रमुख कार्यकारी अधिकृत रवि लामिछाने ?

सुर्यदर्शन सहकारी ठगी प्रकरण : के पक्राउ पर्लान्, अध्यक्ष जिबी राई र तात्कालिन प्रमुख कार्यकारी अधिकृत रवि लामिछाने ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ माघ २०८०
  • 12.9K
    Shares

पोखरा, ३ माघ २०८० /

सुर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै फेरी सो सहकारीका अध्यक्ष जीबी राई र रबि लामिछानेबिरुद्ध सहकारी विभागमा उजुरी परेको छ। उक्त सहकारीको करोडौ रुपियाँ अबैध तरीकाले गोरखा मिडिया नेटवर्कमा लगानी भएको चर्चा भैरहेको बेला गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको हो ।

उनीहरु बिरुद्ध नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका हुन् । उनले आफ्नो उजुरीमा उक्त सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गरेका छन्।

‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, निवेदकको माग छ ।

साथै निवेदकले सहकारीबाट कर्जा लिँदा दिँदा गरिएका कर्जा सम्झौता कागज, कर्जा प्रवाह गर्दा गरिएका सहकारीको निर्णय कर्जा लिनेबारे कम्पनीले गरेको निर्णयको प्रतिलिपि वा सक्कल कागज नै झिकाई आवश्यक अनुसन्धान गर्न समेत सहकारी मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

‘निजहरूले कुनै लिखित सम्झौता बिना कर्जा लिने दिने कार्य गरेका रहेछन् भने पनि संगठित अपराध, जालसाजी ,षड्यन्त्र गरी सहकारीको पैसा लगी हिनामिना गरेको हुँदा यस सम्बन्धी आवश्यक अनुसन्धान गर्नको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पत्राचार गर्नुहुन पनि रजिष्ट्रार ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु’, निवेदकले भनेका छन् ।

बिबाद्ग्रस्त सहकारी ठगी प्रकरण मध्ये सुर्यदर्शन सहकारी ठगी प्रकरण अलिक बढी पेचिलो बन्दै गएको छ। अन्य सहकारीको तुलनामा सुर्य दर्शन सहकारी ठगी प्रकरण पेचिलो बन्नुमा राजनीतिक चलखेल हाबी रहेको समाचारस्रोतहरुले जानकारी दिएका छन्।

राजनीतिक चलखेलमा प्रथमत: सत्तारुढ गठबन्धन नै अग्रसर रहेको प्राप्त समाचारमा जनाइएको छ। वर्तमान सत्तारुढ गठबन्धन आफ्नो सत्ता स्वार्थका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रबि लामिछानेलाई यही सहकारी ठगी प्रकरणमा फंसाउने योजनामा रहेको बताइञ्छ। समग्र रुपमा हेर्दा जीबी राई र रबि लामिछाने सहकारी ठगी प्रकरणका प्रमुख पात्र रहे पनि जीबी राई समुहलाई हातमा लिएर रबि लामिछाने समूहलाई पक्राउ गराई छाड्ने योजनामा रहेको समाचार स्रोतहरु बताउछन।

सरकारको यही योजना बमोजिम सरकारले राईलाई पक्राउ गर्न आलाताल गरिरहेको बताइन्छ। सरकारले सत्ता स्वार्थका लागि रबि लामिछाने वा जीबी राई कार्ड फाल्न तमतयार रहेको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया