सशस्त्र प्रहरीका निरिक्षक सुशान्त थापा झन्डै सात हप्तादेखि सम्पर्कबिहीन

सशस्त्र प्रहरीका निरिक्षक सुशान्त थापा झन्डै सात हप्तादेखि सम्पर्कबिहीन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ माघ २०८०
  • 4.6K
    Shares

पोखरा, २ माघ २०८० /

सशस्त्र प्रहरीका निरिक्षक सुशान्त थापा झन्डै सात हप्तादेखि सम्पर्कबिहीन भएका छन्। गृह मन्त्रालयले मङ्सिर २१ देखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका उनको खोजी शुरु गरेको छ।

गृह मन्त्रालयले मंगलबार जारी गरेको सुचनामा विभागीय कारबाही गर्नु नपर्ने भए कारणसहित ७ दिनभित्र कार्यालयमा सम्पर्क गण भनिएको छ। यदि सात दिनभित्र सफाई पेश नगरिए उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाएर विभागीय कारबाही गरिने उक्त सुचनामा उल्लेख छ।

सशस्त्र प्रहरी नियमावलीमा बिदा स्वीकृत नगराई १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा विभागीय कारबाहीको व्यवस्था छ ।

प्रतिक्रिया