बुबाको नाममा मुठी चढाउन कालीगण्डकी नदीतिर हिडेका बोटेको बसको ठक्करले मृत्यु

बुबाको नाममा मुठी चढाउन कालीगण्डकी नदीतिर हिडेका बोटेको बसको ठक्करले मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ माघ २०८०
  • 3.6K
    Shares

पोखरा, १ माघ २०८० /

स्याङ्जामा बसको ठक्करले बुबाको नाममा मुठी चढाउन कालीगण्डकी तिर हिडेका एक जनाको मृत्यु भएको छ।

स्याङ्जाको जयपतेबाट रिडीका लागि छुटेकोे ग. १ ख. ४१५० नम्वरको बसले आज विहान कालीगण्डकी–७ आँधीमुहान ड्याम स्थित भित्री सडक खण्डमा ठक्कर दिंदा स्थानीय ३० बर्षका अजित बोटेको घटनास्थलमै मृत्यु भएको हो।

बस र बस चालकलाई आबश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।

लोपोन्मुख बोटे समुदायको परम्परा अनुसार माघे सङ्क्रान्तिको दिन पितृहरूको नाम मुठी चढाउने परम्परा अनुसार बिहान बुबाको नाममा मुठी चढाउन कालीगण्डकीको तिरमा हिडेका बोटेलाई बसले ठक्कर दिएका परिवारले जनाएको छ ।

प्रतिक्रिया