पोखरा, १ माघ २०८० /
काठमाडौंको टुँडिखेलमा आयोजित मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मेलामा भीड अनियन्त्रित हुँदा आठ जना घाइते भएका छन्।
कार्यक्रममा सहभागी हुन पुगेकाहरू टुँडिखेल प्रवेश गर्ने क्रममा भिड अनियन्त्रित बनेको र भीडमा चेपिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। उनीहरुको अवस्था सामान्य छ । प्रहरीले भीड नियन्त्रण गर्न लाठी चार्जसमेत गरेको थियो।
घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। प्रहरीले भीडलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरु धेरै हुँदा टुँडिखेलको गेटमा बढेको भीडमा उनीहरु चेपिएका प्रहरीले जनाएको छ ।