मुगुमा १४ वर्षिया बालिकामाथि सरकारी कर्मचारीदेखि नगर प्रहरी समेतद्वारा सामूहिक वलात्कार

मुगुमा १४ वर्षिया बालिकामाथि सरकारी कर्मचारीदेखि नगर प्रहरी समेतद्वारा सामूहिक वलात्कार


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ माघ २०८०
  • 5.2K
    Shares

सामूहिक वलात्कार

पोखरा, १ माघ २०८० /

मुगुमा १४ वर्षीया बालिकामाथि नगर प्रहरीदेखि सरकारी कर्मचारीसम्मले सामूहिक वलात्कार गरेको खुलेको छ। गर्भधारण गरेकी बालिकाले प्रहरीमा उजुरी दिए पछि उक्त रहस्य खुलेको हो।

पिडित बालिकाले प्रहरीमा दिएको उजुरीमा नगर प्रहरी, सरकारी कार्यालयका कर्मचारी र केही स्थानीय व्यक्तिले आफू माथि गत भदौमा सामूहिक वलात्कार गरेको उल्लेख गरिएको छ। उनले आफ्नो उजुरीमा छायाँनाथ रारा नगरपालिका– ५, कार्कीवाडाका ३० वर्षीय पुरुष, छायाँनाथ रारा नगरपालिकाका नगर प्रहरी वसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका– ८, आँसिधारा गाउँका २२ वर्षीय वसन्त रोकायालगायतविरुद्ध जाहेरी दिएकी जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए।

१४ वर्षका बालकहरूले गत १६ भदौमा आफूमाथि बलात्कार गरेको र १० असोजमा नगर प्रहरी वसन्त कार्कीसहित वसन्त रोकाया र पदमबहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयान दिएको डीएसपी थापाले बताए ।

बलात्कारपछि पेट दुख्नेलगायतका समस्या देखापरेपछि बालिका जिल्ला अस्पताल मुगुमा स्वास्थ्य जाँच गराउन पुगेकी थिइन् । अस्पतालमा जाँच गराउँदा उनको गर्भमा बच्चा रहेको पाइएको थियो ।

बालिकाको जाहेरीपछि घटनामा संलग्न रहेको आरोप लागेका तीन बालकसहित नगर प्रहरी वसन्त कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी वसन्त रोकायालाई पक्राउ गरिएको र बाँकीको खोजी भइरहेको डीएसपी थापाले बताए ।

प्रतिक्रिया