कालिका सहकारी ठगी प्रकरण : आरोपीहरु भटाभट धरौटी बुझाउँदै छुट्दै, सम्पत्ति शुद्धिकरणमा पनि १५ लाख धरौटी बुझाएर छुटे अध्यक्ष घिमिरे

कालिका सहकारी ठगी प्रकरण : आरोपीहरु भटाभट धरौटी बुझाउँदै छुट्दै, सम्पत्ति शुद्धिकरणमा पनि १५ लाख धरौटी बुझाएर छुटे अध्यक्ष घिमिरे

आरोपीहरु भटाभट अदालतमा धरौटी बुझ्दै छुट्दै


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २८ पुष २०८०
  • 3.9K
    Shares

कालिका सहकारीका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे

पोखरा, २८ पुष २०८०/

लमजुङको बेशिशहरमा रहेको कालिका सहकारी ठगी प्रकरणमा प्रमुख दोषी ठानिएका सो सहकारीका अध्यक्ष मृगेन्द्र घिमिरे सम्पत्ति शुद्धिकरण विभागमा पनि १५ लाख रुपैयाँ धरौटी रकम बुझाएर तारेखमा छुटेका छन्। सहकारी ठगी कसुरमा जिल्ला अदालतको आदेश बमोजिम ३५ लाख रुपियाँ धरौटी राखेर छुटेका घिमिरेलाई प्रहरीले फेरी पक्राउ गरेर सम्पत्ति शुद्धिकरण मुद्दाक्लो अनुसन्धानका लागि भन्दै सम्पत्ति शुद्धिकरण विभागमा बुझाएको थियो।

अव मुद्दाको अन्तिम किनारा नलागेसम्म उनीबिरुद्ध अदालतमा सहकारी ऐन कसुर र ठगी साथै सम्बत्ति शुकिरणको मुद्दा चलिरहनेछ ।
प्रहरीले गत आइतबार काठमाडौंबाट पक्राउ गरेर घिमिरेलाई सोमबार अदालतमा पेश गरेको थियो ।

सहकारीको रकम अपचलनको अर्का मुख्य दोषी मानिएकी घिमिरेकी श्रीमती विनिता अधिकारी घिमिरे अझै फरार छन् । उनी कालिका सहकारीको संस्थापक प्रबन्धक र एकीकरणपछिको कोषाध्यक्ष समेत हुन्।

सहकारी ऐन कसुरमा जिल्ला अदालतमा मुद्दा चलिरहेकाहरु अदालतमा आउँदै धरौटी रकम बुझाएर तारिखमा रिहा हुने गरेका छन् । अदालतका स्रेस्तेदार उपसचिव भेषराज पौडेलका अनुसार, तत्कालीन कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष तुलसी नारायण श्रेष्ठ बुधबार ५ लाख धरौटी रकम बुझाएर तारेखमा रिहा भएका छन् । बिहीबार तत्कालीन कपुरेश्वर सहकारीका सदस्यहरु रेशमबहादुर दनाइँ र रेशमबहादुर अधिकारी जनही साँढे २ लाख रुपैयाँका दरले धरौटी रकम बुझाएर तारेखमा रिहा भए ।

सहकारी ऐन कसुर अन्तर्गतको मुद्दामा जिल्ला प्रहरी कार्यालय लमजुङले सहकारीसम्बद्ध शुरुम्जा आठ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यसमा घिमिरे दम्पत्ति फरार रही छ जनालाई प्रहरीले मंसिर १० गते पक्राउ गरेको थियो । पछि २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा १ जनालाई मंसिर १७ गते पक्राउ गरिएको थियो । पक्राउ गरिएका ७ जना जनही ७ लाख देखि १२ लाख रुपैयाँसम्म धरौटी रकम बुझाएर तारेखमा रिहा भइसकेका छन् । अब अदालतको सम्पर्कमा २३ जना नआएको अदालतले जनाएको छ । उनीहरु अझै प्रहरीको फरार सूचिमा रहेका छन् ।

प्रतिक्रिया