पोखरा, २६ पुष २०८०र
अबैध लागू औषध ब्राउनसुगर सहित स्याङजाका एक युवा पोखरामा पक्राउ परेका छन्। स्याङजा भिरकोट नगरपालिका वडा नं.१ स्थायी घर भई हाल पोखरा १५ कोलपाटनमा बस्दै आएका वर्ष ३४ का अनिल गुरुङ अबैध लागू औषध ब्राउनसुगर सहित पोखराबाट पक्राउ परेका हुन्।
उनलाई लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले बुधबार दिउसो चार बजे पोखरा १७ छोरेपाटनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। गुरुङको साथबाट ६ ग्राम २०० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद भएको प्रहरीले बताएको छ।
अभियुक्त गुरुङबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।