एसएलआर राइफलको गोली र ठूलो मात्रामा लागूऔषधसहित पोखराबाट एक युवा पक्राउ

एसएलआर राइफलको गोली र ठूलो मात्रामा लागूऔषधसहित पोखराबाट एक युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २२ असोज २०८३
  • 190
    Shares

पोखरा, २१ असोज २०८३ ।

पोखरामा लागू औषधको कारोबार गर्दै आएका एक युवा ठूलो मात्रामा लागू औषध र राइफलको गोलीसहित पक्राउ परेका छन्।

लागूऔषध बिक्री वितरण गरिरहेको आरोप लागेका पोखरा महानगरपालिका वडा नं. १८ साराङकोट स्थायी घर भई हाल पोखरा ३ नदीपुर बस्ने वर्ष २३ का रविन बहादुर नेपालीलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बुधबार सांझा करीब साढे पांच बजेको समयमा पोखराको नदीपौरबात पक्राउ गरेको हो।

\अभियुक्त नेपालीको साथबाट SLR राइफलको गोली एक राउण्ड, थ्री नट थ्री राइफलको गोली एक राउण्ड गरी जम्मा दुई राउण्ड गोली, तथा लागूऔषध गाँजा एककिलो ५० ग्राम, लागूऔषध टापेन्टाडोल ट्याब्लेट ४० चक्की, नगद रु. ४३ हजार ४२० र मोबाइल १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद सामग्रीसहित पक्राउ परेका नेपालीलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी कसूरमा सात दिन म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार