सुनसरीमा गएराती दुई समूहबीच झडप : सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु, १० जना घाइते

पोखरा, ११ साउन २०८३।

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन्। सुनसरी प्रहरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइएलगत्तै आइतबार राति ११ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनामा अन्य १० जना घाइते भएका छन्। उनीहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम तथा नोबेल मेडिकल कलेजलगायतका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। केही घाइतेको अवस्था गम्भीर रहेको …