सिराहामा वडाध्य्क्ष कुटिए

सिराहामा वडाध्य्क्ष कुटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २१ फाल्गुन २०८२
  • 722
    Shares

पोखरा,२१ फागुन २०८२।

कुटाई खाएका वडाध्यक्ष सोहेब अनवर

सिरहाको गोलबजार नगरपालिका–११ का अध्यक्ष सोहेव अनवरमाथि २० फागुनमा ५–७ जनाको समूहले लाठी–फट्टाले कुटपिट गरेको छ।

घटनामा अध्यक्ष अनवरसहित दुई जना घाइते भएका छन् र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

कुटपिटमा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

घटनामा अध्यक्ष अनवरसहित स्थानीय २६ वर्षीय अमार खान र ४५ वर्षीय नसिरुल खान घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीले जानकारी दिए ।

अध्यक्ष अनवरले पुरानै रिसइबीका कारण बाटोमा एक्लै देखेपछि ५–७ जनाको समूहले लाठी–फट्टाले आक्रमण गरेको दाबी गरेका छन् ।

हाल मुस्लिम समुदायको रमजान पर्व चलिरहेकाले आफन्तको निमन्त्रणामा पनि सहभागी हुन जाने क्रममा आक्रमण भएको उनको भनाइ छ ।

नेपाली काग्रेसका कार्यकर्ताबाट आफू कुटिएको उनले गुनासो गरे ।

उता कुटपिटमा सलंग्नले भने पैसा बाँड्दै हिडेको भेटिएको आरोप लगाएका छन् । तर वडाध्यक्ष अनवरले भने आफू खाना खान हिँडेको जिकिर गरे ।

अध्यक्ष अनवरले भदौ ‘जेनजी आन्दोलन’का क्रममाइ आफ्नो वडा कार्यालय नजलेको तर भदौ २५ गते सोही समुहका केही व्यक्तिले आगजनी गरेपछि आफूले मुद्दा दायर गराएको बताए । सोही घटनामा आफूमाथि आक्रमण भएको हुनसक्ने उनको भनाइ छ ।

घाइते भएका तीनै जनाको टाउको, घाँटी, नाक, कान र मुखमा चोट लागेको तथा टाउको फुटेको प्रहरीले जनाएको छ।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

कुटपिटमा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया