मुस्ताङमा कांग्रेसका उम्मेदवारको उम्मेदवारी खारेजीको माग राखेर निबेदन दर्ता

मुस्ताङमा कांग्रेसका उम्मेदवारको उम्मेदवारी खारेजीको माग राखेर निबेदन दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २० फाल्गुन २०८२
  • 817
    Shares

पोखरा,२० फागुन २०८२।

मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारको उम्मेदवारी खारेजी गर्नुपर्ने माग राख्दै सात राजनीतिक दलले संयुक्त रूपमा निवेदन दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाइएको उक्त निवेदनमार्फत ती दलहरूले उम्मेदवारी प्रक्रिया सम्बन्धी कानुनी तथा प्रक्रियागत विषय उठाउँदै छानबिन गरी आवश्यक निर्णय लिन माग गरेका छन्।

निवेदन दर्तापछि कार्यालयले आवश्यक अध्ययन तथा कानुनी परामर्शपछि निर्णय लिने जनाएको छ।

मौन अवधिमा चराङ स्थित सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेसले मुस्ताङको लोघेकर दामोदरकुण्डबाट लोमान्थाङतर्फ जाँदै गरेको ग १ च ६५२४ नम्बरको गाडी भित्र नेपाली कांग्रेसको चारेतारे झन्डाले बेरिएको अवस्थामा नगद रु. पाँच लाख रुपियाँसहित

भेटिएकोनगद पाँच लाख पैसासहित लोमान्थाङतर्फ जाँदै गरेको अवस्थामा चराङ स्थित सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेसले मुस्ताङको लोघेकर दामोदरकुण्ड

मुस्ताङको लोघेकर दामोदरकुण्डबाट नेपाली कांग्रेसका तीन जना कार्यकता फरार भएका छन् ।नियन्त्रणमा लिएको जनाईएको ।

 गाडीका सवारी धनी नवाङ कुङ्गा लामासहित झिग्मे ढान्डुल र फोन्जोक साङ्बो सवार थिए । सशस्त्र प्रहरी बल नेपालले राजनीति दलको प्रतिनिधि रोहबरमा उक्त गाडीलाई खानतलासी गर्दा नेपाली कांग्रेसको चारेतारे झन्डाले बेरिएको अवस्थामा नगद रु. पाँच लाख भेटिएको हो ।

 नेपाल कांग्रेस समर्थित कार्यकर्ताले मतदातालाई पैसा बाँडेर मतदाता प्रभावित पार्ने उद्देश्यले गाडी भित्र मतदाता नामालवीको प्रतिलिपि र मतदान केन्द्रमा पैसा बाड्ने स्थान खुलाईएको एक डायरी समेत फेला परेको जनाईएको । यस सम्वन्धि जानकारी लिन जिल्ला प्रहरी कार्यालय मुस्ताङमा सम्पर्क गर्न खोज्दा टेलिफोन सम्पर्क हुन सकेन । 

यता उक्त घटनाको बिरोध गर्दै अहिले जिल्ला प्रशासन कार्यालयमा जिल्लामा उम्मेदवारी दर्ता गराएका विभिन्न राजनीतिक पार्टी र उम्मेदवारहरु भेला भएका छन् । उनीहरुले घटनाको भत्र्सना गर्दै नेपाली कांग्रेसको उम्मेदवारी खारेजी गर्नुपर्ने  र यति त्यसो नभए निर्वाचन बहिष्कार गर्ने सम्मको चेतना दिएका छन् । —

प्रतिक्रिया