• जन संचार
  • बुधबार, ६ फाल्गुन २०८२
  • 684
    Shares

कैलाली जिल्लाको कैलारी गाउँपालिका–१ स्थित हुलाकी सडक खण्डमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दिउँसो करिब ३ बजेतिर कैलारी–१ हुलाकी रोडमा विपरीत दिशाबाट आइरहेका स्कारपियो गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकल चालक कैलारी गाउँपालिका–५ की अन्दाजी ३०–३५ वर्षीया ईप्सा चौधरीको उपचारका क्रममा नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया