सुदन गुरुङका प्रचार संयोजकसहित ६ जना ठगी प्रकरणमा पक्राउ

सुदन गुरुङका प्रचार संयोजकसहित ६ जना ठगी प्रकरणमा पक्राउ


  • जन संचार
  • मंगलबार, १३ माघ २०८२
  • 2.6K
    Shares

वर्तमान सरकारका सूत्रधार सुधन गुरुङका सम्बन्धबारे नयाँ तथ्य सार्वजनिक भएका छन्। ‘फेक रेस्क्यू’ मार्फत नक्कली उद्धार देखाई ठगी गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङका प्रचार संयोजकसमेत रहेका रास्वपा नेता मुक्ति पाण्डेसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विभिन्न ट्राभल तथा उद्धार सेवा कम्पनीमार्फत नक्कली उद्धार देखाएर बिमा दाबी गरी आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा रास्वपा नेता तथा पर्यटन व्यवसायी गोरखाको भीमसेन थापा गाउँपालिका–६, अश्राङका मुक्ति पाण्डेसहित जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया र सुभाष केसी रहेका छन्।

प्रहरीका अनुसार जयराम रिमाल र विवेक पाण्डे ‘माउन्टेन रेस्क्यू सर्भिस’, रविन्द्र अधिकारी र विवेकराज थपलिया ‘नेपाल चार्टर सर्भिस प्रालि’, तथा विवेक पाण्डे र सुभाष केसी ‘एभरेष्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालि’मा आबद्ध थिए।

सीआईबीका अनुसार उनीहरूले विदेशी पर्यटकको नाममा नक्कली उद्धार देखाई बिमा रकम दाबी गर्ने, झुट्टा कागजात तयार गर्ने र संगठित रूपमा आर्थिक ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया