पोखरा, २१ पुष २०८२।
भक्तपुरमा अत्याधुनिक ह’तियार प्रयोग गरेर एक व्यक्तिले आ’त्मह’त्या गरेका छन्।
मध्यपुर ठिमी नगरपालिका ६ राईटोल बस्ने ४० वर्षीय सनिप चाम्लिङ राईले आफ्नै घरको कोठाभित्र आफैंलाई गोली हानेको भक्तपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार , सोमबार अपराह्न १५ः३४ बजेको समयमा चाम्लिङलेआफ्नै घरको कोठामा ढोकामा चुकुल लगाई आफूले आफैलाई कालो रंगको जीएस५ जर्मेन (GS5 German) लेखेको बन्दुकबाट कञ्चटमा गोली हानेका थिए ।
उनको घटनास्थलमा नै मृत्यु भएको र घटनाबारे अनुसन्धान शुरु भएको भक्तपुर प्रहरीको भनाइ छ । प्रहरीले उक्त बन्दुक नियन्त्रणमा लिएको छ। उक्त घटनामा प्रयोग भएको जिएस–५ जर्मन लेखिएको उक्त बन्दुक लाइसेन्स प्राप्त रहेको प्रहरी अनुसन्धानले देखाएको छ।
घटनामा प्रयोग भएको हतियार सूर्यकुमार नेम्वाङको नाममा लाइसेन्स प्राप्त रहेको पाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले बताए ।
आफैंलाई गोली हान्ने राई मानसिक समस्यामा रहेको उनका परिवारका सदस्यले बताएका छन् ।
मृतक राई र हतियारको लाइसेन्स लिएका सूर्य नाताले साला–भिनाजु रहेको पाइएको छ । भिनाजुको नाममा रहेको बन्दुकले राईले सोमबार दिउँसो साढे ३ बजे आत्महत्या गरेका हुन् ।बरामद बन्दुकमा जिएस–५ जर्मन लेखिएको छ ।