दोलखामा बोलेरो जिप दुर्घटना : दुई महिलाको मृत्यु, चार जना घाइते

दोलखामा बोलेरो जिप दुर्घटना : दुई महिलाको मृत्यु, चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३१ भाद्र २०८१
  • 3K
    Shares

जीप दुर्घटना

पोखरा,३१ भदौ २०८१।

दोलखाको झ्याकुमा बोलेरो दुर्घट्ना हुँदा गम्भिर घाईते भएका दुई महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका गौरीशंकर गाउँपालिका–३ झ्याकुकी अन्दाजी ७५ वर्षीया काली शेर्पा र अन्दाजी ५५ वर्षीया पसि शेर्पाको मृत्यु भएको हो । गम्भीर घाईते भएका उनीहरुलाई उपचारका लागि सिंगटी अस्पतालमा ल्याईएकोमा अस्पतालाले मृत घोषणा गरिएको ईलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरिक्षक (ईन्स्पेक्टर) महेन्द्र दर्नालले जानकारी दिए।

प्रहरी निरिक्षक दर्नालका अनुसार सिंगटीबाट झ्याकु जाँदै गरेको बा २० च ७२६६ नम्वरको बोलेरो आइतबार साँझ करिव ५ बजे वडा नम्वर ४ को वडा कार्यालय नजिकै दुर्घटना हुँदा ६ जना घाईते भएका थिए ।

घाइते हुनेमा गौरीशंकर गाउँपालिका-३ कै ३५ वर्षीय निङ्मा शेर्पा, ६० वर्षीय निङ्मार तामाङ, ६५ वर्षीया अन्शु शेर्पा र २२ वर्षीया डेम्मा शेर्पा छन्।

‘उनीहरूको अवस्था मध्यम छ,’ उनले भने, ‘रोल्वालिङ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।’

दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए।

प्रतिक्रिया