बागलुङको ढोरपाटनमा जिप दुर्घटना : दुई जनाको मृत्यु, नौ घाईते

बागलुङको ढोरपाटनमा जिप दुर्घटना : दुई जनाको मृत्यु, नौ घाईते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २८ पुष २०८०
  • 4.3K
    Shares

बागलुङको ढोरपाटनमा दुर्घटनाग्रस्त जिप दुर्घटना

पोखरा, २८ पुष २०८०/

बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन्। बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको ध१ज १९ नम्बरको जिप आज विहान ११ बजे ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटनाग्रस्त हुँदा जिप चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

उक्त दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौँकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

दुर्घटनामा नौ जना घाइते भएका छन् । घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए। अन्य ६ जना घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

जीपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रतिक्रिया