धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादसैँका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडा नं र ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन् ।
छन्त्यालको चौथो सन्तानको रुपमा सामान्य अवस्थामा जन्मिएको उक्त बच्चाको तौल चार केजी सात सय ५० ग्राम रहेकोे अस्पतालको प्रसूति वार्डमा बिहीबार सामान्यरूपमा जन्मिएको अस्पतालका नर्सिङ इञ्चार्ज देवी भट्टराईले जानकारी दिइन् ।
यस अघिका तीन सन्तान पनि सामान्य अवस्थामै जन्माएकी मालतीले उनको पेटमा ठुलो बच्चा देखेपछि अस्पतालका स्वास्थ्यकर्मीले बच्चा जन्माउनका लागि सुविधासम्पन्न अस्पताल लैजान सल्लाह दिएका थिए। तर उनले त्यहीं बच्चा जन्माउने अडान लिएकि थिइन्। अन्त्यमा उनले बिज्ञ स्त्री रोग बिशेषज्ञको अभावमा पनि आफ्नो चौंथो सन्तानको रुपमा धेरै तौल भएको छोरा पनि अस्पतालमै सामान्य अवस्थामा जन्माइन् ।
सभन्दा अघि अस्पतालमा बढीमा चार किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएकामा अहिले चार किलो सात सय ५० ग्रामको बच्चाको जन्म भएको हो ।