पोखरामा राजावादीहरुद्वारा प्रदर्शन : पोखराको पृथ्वीचोकमा तात्कालिन पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको माग (फोटो फिचर)

पोखरामा राजावादीहरुद्वारा प्रदर्शन : पोखराको पृथ्वीचोकमा तात्कालिन पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको माग (फोटो फिचर)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ साउन २०८०
  • 1.6K
    Shares

पोखराका चोक-चोक र सडकहरुबाट शालिक तथा प्रतिमा हटाएर पोखरा १८ को बिभुति पार्कमा स्थानान्तरण गर्ने पोखरा महानगरपालिकाको निर्णयलाई सत्तारुढ दल नेपाली कांग्रेसले आधिकारिक रुपमा नै बिज्ञप्ति निकालेर बिरोध गरेको छ।  तर राजावादीहरुको पार्टी भनेर पहिचान बनाएको ठानिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले त पोखराको पृथ्वीचोकबाट तात्कालिन राजा पृथ्वीनारायण शाहको प्रतिमा हटाउने कार्यको निरन्तर रुपमा बिरोध गरिरहेको छ।

आदिवासी जनजाति दिवसका दिन पृथ्वीचोकबाट तात्कालिन राजा पृथ्वी नारायण शाहको प्रतिमा हटाईए पछि त्यसको बिरोध गर्दै राप्रपाले बिरोध प्रदर्शन गरिरहेको छ। त्यसमा पनि पोखरा महानगरपालिकाले सर्वदलीय बैठकको निर्णय भन्दै आन्दोलनकारीहरुले फेरी सोही स्थानमा लगेर राखेको तात्कालिन राजा पृथ्वी नारायण शाहको प्रतिमालाई महानगरले रातारात हटाए पछि त्यसको ब्यापक बिरोध भएको छ।

आइतबार दिनभर राप्रपाको नेतृत्वमा राजावादीहरुको समूहले पोखराको पृथ्वीचोकमा दिनभर बिरोध प्रदर्शन गरे। भारी वर्षातका बाबजुत प्रदर्शनकारीहरुले तात्कालिन राजा पृथ्वीनारायण शाहको प्रतिमा पृथ्वीचोकमा नै पुनर्स्थापित गर्नु पर्ने भन्दै प्रदर्शन गरेका थिए। उनीहरुले शनिबार साँझ पोखरा महानगरपालिकाको निर्णय बिरुद्ध राँके जुलुश गर्दै मेयर धनराज आचार्यको पुत्ला दहन समेत गरेका थिए।

प्रतिक्रिया