आँखा पाक्ने रोगकाकारण पोखराका स्कुल बुधबारदेखि तीनदिन बन्द

आँखा पाक्ने रोगकाकारण पोखराका स्कुल बुधबारदेखि तीनदिन बन्द


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २३ साउन २०८०
  • 2.5K
    Shares

बिद्यालय , school

आँखा पाक्ने रोग देखिएपछि पोखराका संस्थागत तथा सामुदायिक विद्यालय तीनदिन बन्द हुने भएको छ । विद्यार्थीको संख्या कम हुन थालेपछि पोखरा महानगरभित्रका संस्थागत दुई सय ४३ र सामुदायिक दुई सय तीन विद्यालय बन्द गर्ने निर्णय भएको महानगरको शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी, शिक्षक अभिभावक संघ, नगर कमिटीका अध्यक्ष र शिक्षकहरूको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको उनले सुनाए ।

उनका अनुसार पोखराका धेरैजसो विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको छ । पोखराका केही विद्यालयका विद्यार्थीहरूमा यो समस्या देखिएपछि बन्द गरिसकिएको छ । ‘सोमबार हामीले एक हजारभन्दा बढी विद्यार्थी रहेको विद्यालयका शिक्षकहरूलाई बोलाएर सल्लाह गरेका थियौं,’ उनले भने, ‘सबैको राय मंगलबार जनचेतनामूलक कार्यक्रम गर्ने र बुधबारदेखि ३ दिन विद्यालय बन्द गर्ने निर्णय भयो ।

शनिबारसहित चार दिन बिदा गर्दा कस्तो हुन्छ । यति गर्दा पनि फैलँदो क्रममा रह्यो भने अरु योजना बनाएर अघि बढ्ने भन्ने निर्णय भएको छ ।’ अहिले दिइएको तीन दिन अन्य बिदामा कटाउने गरी सहमति भएको उनले सुनाए ।

प्रतिक्रिया