जेनजी आन्दोलनमा नवलपरासी कारागारबाट भागेका कैदी फेरि पक्राउ

जेनजी आन्दोलनमा नवलपरासी कारागारबाट भागेका कैदी फेरि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ कार्तिक २०८३
  • 323
    Shares

पोखरा , २६ कार्तिक २०८३।

जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका बलात्कार मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बर्दघाट नगरपालिका-१६ केरवानीका २७ वर्षीय अमृत नेपाली (अमृतबहादुर नेपाली) रहेका छन्।

जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना तोकिएका नेपाली कैद भुक्तानका लागि जिल्ला कारागार नवलपरासीमा थिए। २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए।

फरार कैदीको खोजतलास गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट केरवानीबाट खटिएको टोलीले २०८२ कात्तिक २४ गते उनलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका नेपालीलाई बाँकी कैद भुक्तानका लागि पुनः जिल्ला कारागार नवलपरासी बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार