_files/Karmachari_Sketch_Lokantar1_oX6ZcK1mFA.jpg)
भूमि, व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूको सरुवासम्बन्धी निर्णय गरेको छ ।
मन्त्रालयले जेठ ७ गते १६ जना र जेठ ८ गते ६१ जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेको हो । ७ गतेको निर्णयअनुसार १६ जना उपसचिवहरूको सरुवा भएको छ ।
यस्तै ८ गतेको निर्णयअनुसार शाखा अधिकृत, नायव सुब्बा र खरिदारको सरुवा गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।