कास्की माओबादीद्वारा भ्रस्टाचारी, कालाबजारिया र दलाललाई छिट्टैनै जनकारबाही गर्ने घोषणा (भिडीयोसहित)

कास्की माओबादीद्वारा भ्रस्टाचारी, कालाबजारिया र दलाललाई छिट्टैनै जनकारबाही गर्ने घोषणा (भिडीयोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ पुष २०७३
  • 13.8K
    Shares

खिल नेपाल भूमिहीन सुकुम्बासी संघ (क्रान्तिकारी) का केन्द्रीय सचिब राजु भुजेल

नेत्र बिक्रम चन्द (विप्लब) नेतृत्वको नेकपा(माओबादी) कास्कीले भ्रस्टाचारी, कालाबजारिया र दलाललाई छिट्टैनै जनकारबाही गर्ने घोषणा गरेको छ l प्रेट्रोलियम पदार्थको मुल्यवृद्धिको बिरोधमा आयोजित एक कार्यक्रममा नेकपा(माओबादी) कास्कीले यस्तो घोषणा गरेको हो l

सो कार्यक्रममा बोल्दै नेकपा(माओबादी) कास्कीका सदस्य एबम अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ (क्रान्तिकारी) का केन्द्रीय सचिब राजु भुजेलले कास्की जिल्लाभित्रका भ्रस्टाचारी, कालाबजारिया र दलालहरुको नामावली संकलन भैसकेकाले छिट्टै नै जनकारबाही शुरु गरिने घोषणा गरे l उनले आदिबासी, जनजाति, दलित र उत्पीडित बर्गको राज्यसत्ता प्राप्तिका लागि शुरु गरिएको महान जनयुद्धलाइ सुखसयल, आराम मोज्मस्तिकालागी समाप्त पार्ने प्रचण्डलाई पृथ्वीको जुनसुकै कुनामा गएपनि नछाडिने चेतावनी दिए l

कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य एबम गण्डक ब्युरो इन्चार्ज प्रकाश बिश्वकर्मा, अखिल नेपाल किसान संघ (क्रान्तिकारी) कास्कीका संयोजक पुष्प कार्की लगायतले सरकार आम उत्पीडित तथा शोषितपिडित बर्गको पक्षमा काम गर्न नसकेकोमा आक्रोश पोखेका थिए भने अनियन्त्रित रुपमा बढीरहेको पेट्रोलियम पदार्थ  र खाध्यान्न लगायतका बस्तुहरुको बजार भाउ नियन्त्रण गर्न माग गरेका थिए l कार्यक्रममा कालाबजारिया, दलाल र भ्रस्टाचारबिरुद्ध चर्को नाराबाजी समेत गरिएको थियो l कार्यक्रमपूर्व शिवालायाचोक्स्थित पार्टी कार्यालयबाट जुलुस पनि गरिएको थियो l



यसैबीच पेट्रोलियम पदार्थको मूल्यवृद्धिका बिरुद्ध आज नेपाल बन्दको कार्यक्रम गरिएको भएपनि गुरुङहरुको महान चाड ल्होसार परेकाले बिहान नौदेखि १० बजेसम्म सांकेतिक रुपमा पोखराको पृथ्वीचोक बन्द गरिने कास्की जिल्ला जनसरकार प्रमुख नन्दलाल तिवारे “जगन्बा”ले जानकारी दिए l

प्रतिक्रिया