नेपालसँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

नेपालसँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ पुष २०७३
  • 9.6K
    Shares

उत्तरी छिमेकी चीनले सन् २०१७ मा नेपालसँग संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । चिनियाँ रक्षामन्त्रालयका प्रवक्ताले बिहीबार यस्तो घोषणा गरेका हुन् । चिनियाँ रक्षामन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘‘सन् २०१७ मा चीन र नेपालबीच पहिलो पटक संयुक्त सन्य अभ्यास हुने छ ।’

नेपालले हालसम्म दक्षिणी छिमेकी भारत र अमेरिकासँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । चीनसँग संयुक्त सैन्य अभ्यासका विषयमा वार्ता भइसकेको नेपाली सेनाका प्रवक्ता ताराबहारदुर कार्कीले बताए । सैन्य अभ्यास सन् २०१७ को सुरुमै हुने बताइएको छ ।

प्रतिक्रिया