नयाँ शक्तिकी केन्द्रीय सदस्य सरू विप्लव माओवादीमा

नयाँ शक्तिकी केन्द्रीय सदस्य सरू विप्लव माओवादीमा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ पुष २०७३
  • 44.9K
    Shares

नयाँ शक्ति केन्द्रीय परिसद सदस्य सरु सुनार आज सो पार्टी परित्याग गरी विप्लव माओवादीमा प्रवेश गरिकी छिन् ।  विप्लव माओवादीद्धारा आज काठमाडौंमा आयोजित एक कार्यक्रमार्फत उनी विप्लव माओवादीमा प्रवेश गरेकी हुन् । उनलाई नेकपा (माओवादी) का महासचिव नेत्र विक्रम चन्द “विप्लव”ले टीका लगाएर पार्टीमा प्रवेश गराए ।

पार्टी प्रवेश कार्यक्रममा उनले  केही समयअघि काठमाडौंको कुनै एक कार्यक्रममा बाबुरामसँग सँगै रहेको बेला आफ्नो प्रतिभा देखेर नयाँ शक्तिको केन्द्रीय परिषदमा नाम राखेको तर आफु सो पार्टीमा कहिल्यै सक्रिए नभएको बताइन । बाबुरामको नयाँ शक्तिमा भ्रष्ट, दलाल र एनजिओहरुको मात्र हालिमुहाली भएको भन्दै उनले नयाँ शक्तिसँग वर्गीय र जातीय मुक्तिको कुनै ठोस कार्यक्रम नभएको आरोप लगाइन ।

saru-sunar

प्रवेशपछि उनले देशमा देखा परेको वर्गीय, जातीय र लिंगीय समस्याको समाधान विप्लव माओवादीबाट मात्र हुने बताइन ।

प्रतिक्रिया