बन्दकर्ताकर्तालाई उठबस गराएको फोटो भाइरल, सर्बत्र प्रहरेको बिरोध शुरु

बन्दकर्ताकर्तालाई उठबस गराएको फोटो भाइरल, सर्बत्र प्रहरेको बिरोध शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ पुष २०७३
  • 12.4K
    Shares

नेपाल को संविधानले शान्तिपूर्ण रुपमा जम्मा भएर बिर्रोध गर्न पाउने अघिकार सुनिस्चित गरेको छ l तर त्यही अधिकारको प्रयोग गरी गाई गोरुको सामूहिक हत्या भएको भन्दै हिन्दुवादी संगठनहरुले गरेको मध्यपश्चिमाञ्चल बन्दमा बन्द गराउँदै हिँडेका एकजनालाई दाङ प्रहरीले कान समातेर उठबस गराएको छ । अहिले सो फोटो सामाजिक संजाल्रहरुमा भाइरल भएको छ l

गत बुधबार कैलालीको गोदावरी गाविसको भ्यागुते भन्ने स्थानमा दुई दर्जनभन्दा बढी गाईगोरु मरेको अवस्थामा फेला परेका थिए । त्यसको छानविन र दोषिलाई कारवाहीको माग गर्दै विभिन्न हिन्दू संगठनहरुले मंगलबार एक दिन मध्यपश्चिमाञ्चल बन्द गराएका हुन् । उनीहरुले आइतबार सुदूरपश्चिम बन्द गराएका थिए । दाङमा बन्दकर्ताहरु मंगलबार बिहानै बजार पसल बन्द गराउँदै हिँडेका थिए । तिमध्ये एकजनालाई दाङको शहीद गेट नजिकै प्रहरीले नियन्त्रणमा लियो र सजायस्वरुप कान समातेर उठबस गर्न लगायो ।

प्रहरीको यस्तो कार्यको सर्बत्र बिरोध शुरु भएको छ l यसअघि बिभिन्न राजनीतिक दलहरुले बन्द गराउँदै हिंड्दा केही पनि नगर्ने प्रहरीले आज हिन्दुवादीहरुलाई सार्बजनिक स्थानमा सजाय दिएको भन्दै केही व्यक्तिले प्रहरीको आलोचना पनि गरेका छन् ।

नरेन्द्र पुनले फेसबुकमा लेखेका छन्, ‘कस्तो अचम्म विगतमा विप्लव कमरेडका नेता र कार्यकर्तालाई देखिनसक्ने प्रशासन । अस्ति भर्खर एमालेले बन्द गर्दा केही गरेन । आज हिन्दुवादी र राष्ट्रवादीले बन्द गर्दा चाहिँ धरपकड । जताततै पक्राउ । हैन देश नै अहिन्दुवादी र अराष्ट्रवादीकै हातमा गएको हो त ?’

बन्दका कारण दाङ सदरमुकाम घोराहीमा बजार पसल खुलेका छैनन् । सार्बजनिक यातायातका साधन पनि ठप्प भएका छन् । मोटरसाइकल र रिक्सा भने चलिरहेका छन् । दाङ प्रहरीले घोराहीबाट मंगलबार बिहान ७ जना र सोमबार साँझ ६ जनालाई नियन्त्रणमा पनि लिएको छ ।

प्रतिक्रिया