दलाल तस्करहरुलाई जनकारवाही गर्नुको विकल्प छैन – विप्लव

दलाल तस्करहरुलाई जनकारवाही गर्नुको विकल्प छैन – विप्लव


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ पुष २०७३
  • 11.4K
    Shares

काठमाडौं, ११ पुस ।
 
नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले दलाल र तस्करहरुलाई कालोमोसो दल्ने मात्र नभइ जुत्ताको माला लगाएर जनताको कठघरामा उभ्याउने बेला आएको बताएका छन् ।
 
अक्टोबर क्रान्ति सय वर्ष पुगेको सन्दर्भमा पार्टीको अन्तराष्ट्रिय विभागले सोमबार प्रज्ञा भवनमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव विप्लवले देशमा दलाल तस्करहरुले ठुलो ब्रम्हलुट मच्चाईरहेको भन्दै उनीहरुलाई जनकारवाही गर्नुको विकल्प नभएको बताए ।
 
प्रचण्ड बाबुरामको अवसरवादी प्रवृतिका कारण क्रान्ति पछि परेको भन्दै विप्लवले क्रान्तिकारीहरुले पनि शाहसका साथ उचित कदम चाल्न नसक्नु नै समस्या भएको बताए। प्रचण्ड र बाबुराम भन्दा पनि मोहन बैद्य , नारायणमान विजुक्छे, र मोहन विक्रम सिंहहरु राष्ट्रवादी देखिएको भन्दै उनीहरुसगँ कार्यगत एकता गरेर राष्ट्रियताको पक्षमा उभिन छलफल गरीरहेको विप्लवको भनाई थियो ।
 
आसन्न फागुणमा हुने महाधिवेशन पछि पार्टीले राजनीतिक कार्यदिशालाई दह्रो बनाउने भन्दै महासचिव विप्लवले क्रान्तिबाट पार्टी बिचलित नहुने स्पष्ट पारे । नेपालमा अहिले आफनो पार्टीको नेतृत्वमा नयाँ विचार एकीकृत जनक्रान्ति आएको भन्दै यही विचारबाट नेपालमा क्रान्ति हुने विप्लवको दाबी थियो ।
 
कार्यक्रममा माओवादी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
 

प्रतिक्रिया