थरुहट तराई पार्टी फुट्यो, गंगा चौधरीले खोलिन् नयाँ पार्टी

थरुहट तराई पार्टी फुट्यो, गंगा चौधरीले खोलिन् नयाँ पार्टी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ पुष २०७३
  • 10.1K
    Shares

दुई सांसद भएको थरुहट तराई पार्टी फुटेको छ । र, सांसद गंगा चौधरी (सत्गौंवा)ले नयाँ पार्टी गठन गरेकी छन् । उनले थरुहट तराई पार्टी लोकतान्त्रिक गठन गरेको सूचना सभामुखसमक्ष दिइसकेकी छन् ।

४० प्रतिशत सांसदले नयाँ दल बनाए त्यसले मान्यता पाउने भएकाले गंगाको नयाँ पार्टीले मान्यता पाउने लगभग निश्चित रहेको संसद सचिवालय स्रोतले जनाएको छ । चौधरी थरुहटकी केन्द्रीय उपाध्यक्ष थिइन् । र, संसदको विधायन समितिकी सभापति पनि हुन् ।

थरुहट तराई पार्टीले भने सांसद चौधरीलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ । चौधरीमाथि पार्टी विधान र नीति विपरित काम गरेको र पटक पटक सचेत गराउँदा पनि अनुशासन उल्लंघन गरेको आरोप छ । थरुहट आन्दोलनको अपमान गरेको र व्यत्तिगत स्वार्थका लागि सांसद पद जोगाउन लागेको पनि आरोप लागेको छ । र, उनलाई सांसद पदबाट फिर्ता बोलाउने निर्णय पनि भएको सचिव मिनराज चौधरीले बताए ।

प्रतिक्रिया