गरीब, असहायको नाममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सत्तारुढ नेकपाको चलखेल , बिबाद अख्तियारसम्म

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा सामाजिक सेवा ईकाई सञ्चालनका विषयलाई लिएर विवाद शुरु भएको छ । निर्देशिका विपरित आर्थिक प्रलोभनमा परी नियोजित ढंगले असल छिमेकी सहयोग संघ नेपाल (गोनेसा)लाई ल्याउन खोजिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा उजुरी समेत परेको छ ।
सामाजिक सेवा ईकाई सञ्चालनका लागि अस्पतालले गत असार २३ गते सार्वजनिक सूचना जारी गरेको थियो । जसमा ४ वटा गैरसरकारी संस्थाले निवेदन दिएका थिए । सामान्यत: अस्पतालभित्र सामाजिक सेवा ईकाई सञ्चालन गर्ने संस्था छनौट गर्ने अधिकार अस्पतालका निर्देशकको रहेको हुन्छ।  तर अस्पताल व्यवस्थापन समितिलाई लत्याएर डिनको …