लोकमानसिंहले पाए वारेश राख्ने सुविधा, अब अदालत धाउनु नपर्ने

लोकमानसिंहले पाए वारेश राख्ने सुविधा, अब अदालत धाउनु नपर्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ पुष २०७३
  • 9.8K
    Shares

सर्वोच्च अदालतले अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्की र पूर्व कानून सचिव प्रमोद कार्कीलाई आफ्नो मुद्दामा वारेश राख्ने सुविधा दिएको छ।

म्याद तामेलीमा अवरोध गरेकोबारे परेको मुद्दामा शुक्रबार बसेको पूर्ण इजलाशले उनीहरुलाई वारेशको सुविधा दिएको हो। यसअघि उनीहरु स्वयं नै अदालत उपस्थित हुनुपर्ने बाध्यता थियो ।

न्यायाधीशहरू ईशोर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाले इजलास उनीहरूलाई यस्तो सुविधान दिएको थियो।

बिहिबार कार्कीमाथि दुर्व्यवहार भएसँगै कार्कीका वकिलहरूले वारेस राख्न पाउनु पर्‍यो भनेर निवेदन दिएका थिए।

यसअघि नै दुवै जनाले वारेश राख्न सर्वोच्चमा निवेदन दिएका थिए । तर सोही मुद्दामा प्रतिवादी बनाएका लोकमानका ज्वाई प्रवल थापा र वडा सचिव सरिता राईले भने वारेश राख्न निवेदन दिएका थिएनन्।

प्रतिक्रिया