मूल्यवृद्धि फिर्ता माग गर्दै विप्लव माओवादीद्वारा आयल निगम घेराउ

मूल्यवृद्धि फिर्ता माग गर्दै विप्लव माओवादीद्वारा आयल निगम घेराउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ पुष २०७३
  • 7.9K
    Shares

काठमाडौं, ४ पुस ।

पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धिविरुद्ध नेकपा (माओवादी)ले नेपाल आयल निगम घेराउ गरेको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिको विरोधमा बबरमहलस्थित नेपाल आयल निगम अगाडि प्रदर्शन भएको हो ।

अखिल क्रान्तिकारी र राष्ट्रिय युवा जनस्वयमसेवकको अगुवाईमा भएको विरोध प्रदर्शनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल पनि सहभागी थियो ।

क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंहको नेतृत्वमा बबरमहल पुगेको टोली निगम हाताभित्र प्रवेश गरेर आयल निगमविरुद्ध नाराबाजी गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

प्रदर्शनमा ‘लुटतन्त्र बन्द गर, मूल्य बृद्धि तत्काल फिर्ताले’ जस्ता नाराहरु लगाइएको थियो । कालाेबाजारी र चुहावट नियन्त्रण गरी जनतालाई राहत दिनुकाे साटाे व्ययापारी कम्पनी झै निगमले नाफाको लागि मूल्य बृद्धि गरेकाले बबरमहलस्थित निगम घेराउ गरिएको विप्लव माओवादीले जानकारी दिएको छ  ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रेलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा,डिजेल र मटितेलमा लिटरको ४ रुपैयाँ ५० पैसा बढाएको छ । नयाँ मूल्य अनुसार पेट्रोलमा १०१ रुपैयाँ ५० पैसा डेजेल र मट्टितेलको मूल्य ७७ रुपैयाँ ५० पैसा पुगेको छ ।

प्रतिक्रिया