राजदूत रे’को प्रधानमन्त्री दाहाललाई गोप्य मन्त्रणापछी फेरियो परिस्थिति

राजदूत रे’को प्रधानमन्त्री दाहाललाई गोप्य मन्त्रणापछी फेरियो परिस्थिति


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ पुष २०७३
  • 15.7K
    Shares

कांग्रेस र माओवादीले नसोँचेको र नचिताएको बाटोतर्फ मुलुक अगाडि बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवाले सत्ता हत्याउँदा बनाएको रुपरेखा पनि भताभुंग भएको छ । २०७३ चैतभित्र स्थानीय चुनाव गराउने, चुनावमा सोरपटार पारेर दुई पार्टीले जित्ने, त्यसपछि दाहालले खुरुक्क सत्ता छाडिदिएर देउवाले थपक्क प्रधानमन्त्री पद देउवालाई उपहार नदिने पनि निश्चित छ ।

साँघु साप्ताहिकमा छापिएको समाचार अनुसार  ०७३ पुस २ गते शनिबार चितवनमा जनजाति महासंघको कार्यक्रममा दाहालले प्रष्ट भनिदिए– तीनवटा चुनाव गरेर मात्र प्रधानमन्त्री पद त्याग्छु । दाहालको यो वचनले कांग्रेसको देउवा क्याम्पमा ठूलो भूकम्प गएको छ । उच्च स्रोतका अनुसार संविधान संशोधन नहुने र चुनाव पनि नहुने स्थिति देखिएपछि देउवा क्याम्पले दाहाललाई गिराउने रणनीति निर्माण गरेको थियो । यसका लागि कांग्रेसले संविधान संशोधन विधेयक संसदमा पेश गर्न लगाउने, भोटिङ हुँदा विधेयक पारित हुँदैन, त्यसपछि दाहाललाई राजीनामा गराउने रणनीति बनाएको थियो ।

दाहालले उपप्रधानमन्त्री विमलेन्द्र निधिको सल्लाह अनुसार विधेयक फिर्ता नलिने र अगाडि पनि नबढ्ने रणनीति अपनाए । गतिरोध लम्बिदै जाँदा दाहाल र निधि रहिरहने, गतिरोधको गाँठो, फुकाउँदा फकाउँदैमा देउवाको जीवन जाने अवस्था देखा पर्दैछ ।

कांग्रेसका सभापति देउवाका लागि अर्को दुःखद संकेत पनि आएको छ । सो संकेत हो– गतिरोध लम्बिन्छ भने दाहाललाई प्रधानमन्त्री पदमा कायम नै राखिरहने । ०७३ मंसिर ३० गते राति साढे आठ बजे नेपालका लागि भारतीय राजदूत रञ्जित रे सुटुक्क प्रधानमन्त्री निवास बालुवाटार छिरेका थिए । एक घण्टाका लागि भित्र छिरेका थिए । एक घन्टाभित्रमा रेले दाहाललाई आगामी राजनीतिक रोडम्याप खुलस्त बताएको स्रोतको दाबी छ । भरपर्दो सुत्र अनुसार, रेले आफ्नो रोडम्याप सुन्न केही साक्षी सहित प्रधानमन्त्री दाहालका किचन क्याविनेटका केही व्यक्तिहरूलाई पनि बोलाएका थिए । उनीहरू माझ राजदूत रेले संविधान संशोधन विधेयक कुनै पनि हालतमा फिर्ता नलिनु, एमालेको कुनै माग पूरा नगर्नु, स्थानीय चुनावको झन्झट नगर्नु, चुनाव नभएसम्म प्रधानमन्त्री दाहाल नै प्रधानमन्त्री पदमा रहिरहनु आदि खुसखबरी सुनाए ।

स्रोत भन्छ– राजदूत रेले एमालेलाई कर्नर पार्दै लैजानु, कांग्रेसलाई सत्ता हस्तान्तरणको चिन्ता नगर्नु भनेर स्पष्ट बताएका छन् । राजदूत रेले देउवाको भूमिकामा पनि घुमाउरो टिप्पणी गरेको माओवादी केन्द्रका एक नेताले बताए । उनका अनुसार, एमालेलाई कर्नर पारेर साना दललाई फकाउन र संविधान संशोधनको प्रतिरक्षा गर्न देउवाले नसकेको आशयको टिप्पणी रेको थियो ।

रेले लामो समय प्रधानमन्त्री पदमा बसिरहनु भन्ने आशय व्यक्त गरेपछि प्रधानमन्त्री दाहालको मनोबल अचानक बढेको र अब उनले एमालेमाथि कडा प्रहार थाल्ने लक्षण देखाएका छन् । रेको आशय अनुसार दाहालले जातीय राजनीतिको कुरा थालिसकेका छन् । पुस २ गते शनिबार उनले चितवनमा राजदूत रेकै लाइन अनुसार जातीय विभाजन बढाउने कुरा बोलका थिए ।

प्रतिक्रिया