कुलमानलाई अवरोध गर्नेलाई बर्खास्त गरेको ठाउँमा नयाँ तीन सदस्य नियुक्त

कुलमानलाई अवरोध गर्नेलाई बर्खास्त गरेको ठाउँमा नयाँ तीन सदस्य नियुक्त


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ पुष २०७३
  • 49.8K
    Shares

रुकुम पूर्तिमकाँडा ६ का भक्तबहादुर पुन, बाजुरा मार्तडी ३ का चेतराज जोशी र सुर्खेत विरेन्द्रनगर ६ का उमेशप्रसाद थानी

लोडसेडिङ हटाउने अभियानमा अवरोध गरेका विद्युत प्राधिकरणका बर्खास्त गरेका तीन सञ्चालकको ठाउँमा नयाँ सदस्य नियुक्त भएका छन् । उर्जा मन्त्रालयले लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने संचालकहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई बर्खास्त गरेको थियो । बर्खास्त गरेको केही समयपछि सरकारले नयाँ सदस्य नियुक्त गरेको हो ।

नयाँ सदस्यहरुमा रुकुम पूर्तिमकाँडा ६ का भक्तबहादुर पुन, बाजुरा मार्तडी ३ का चेतराज जोशी र सुर्खेत विरेन्द्रनगर ६ का उमेशप्रसाद थानी रहेका छन् । उनीहरुलाई सञ्चालक समितिको हटाईएका सदस्यहरुको ठाउँमा नियुक्त गरिएको ऊर्जामन्त्री जनार्दन शर्माका स्वकीय सचिव बसन्त शर्माले जानकारी दिए ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला उनीहरुले घिसिङलाई नै कारवाहीको प्रक्रिया अगाडी बढाएका थिए ।

प्रतिक्रिया