पूर्वराजा वीरेन्द्रले प्रेरणालाई दिएको दाइजो पुन विवादमा

पूर्वराजा वीरेन्द्रले प्रेरणालाई दिएको दाइजो पुन विवादमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १८ भाद्र २०७३
  • 8.7K
    Shares

पूर्वराजा वीरेन्द्रले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहलाई दिएको दाइजो सरकारमातहत ल्याउन नमिल्ने पूर्वफैसलालाइ सर्वोच्च अदालतले पुन सुनुवाइको बाटो खोलेको छ । गणतन्त्र स्थापनाभएपछि पूर्वराजा र राजपरिवार सदस्यका नाममा रहेका सबै जग्गा नेपाल ट्रस्टमार्फत सरकारको स्वमित्वमा ल्याउने निर्णय भएपछि पूर्वअधिराजकुमारीले भोगचलन गर्दै आएको जग्गा सरकारमातहत ल्याउने निर्णय भएको थियो ।

सो निर्णयलाइ चुनौती दिँदै प्रेरणाले सर्वोच्च अदालतमा मुद्धा दायर गरेपछि अदालतले प्रेरणाको नाममा रहेको जग्गा उनकै हुने फैसला गरेको थियो । सो फैसलामा चित्त नबुझेको भन्दै नेपाल ट्रस्टले गरेको पुनरावलोकन आग्रहलाइ शुक्रबबार सर्वोच्च अदातले सुनुवाइको अनुमतिदिएपछि पूर्वअधिराजकुमारीको स्वामित्वमा रहेको जग्गाको वैधानिकतामाथि फेरि सर्वोच्चमै न्यायिक सुनुवाइ हुने भएको हो ।

दाइजोसरह प्राप्त काठमाडौं छाउनीस्थित १५ रोपनी एक आना जग्गा शाहकै हुने फैसलाप्रति नेपाल ट्रस्ले गरेको पुनरावलोकनमा सर्वोच्च अदालतद्वारा सुनुवाइको अनुमति दिइएको हो आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया