बालक अपहरण गरी हत्या गर्ने चार पक्राउ

बालक अपहरण गरी हत्या गर्ने चार पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ माघ २०७२
  • 12.6K
    Shares

११ वर्षीय बालकलाई अपहरण गरेर हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । महोत्तरी जलेश्वर नगरपालिका–१२ मलिवाडाका ११ वर्षीय बालक निश्चल पाण्डेको केही समयअगाडि अपहरण पश्चात हत्या गरिएको थियो । सोही कार्यमा सम्लग्न भएका चार जनालाई प्रहरीले सार्वजनिक समेत गरेको छ ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–१ का  २७ वर्षीय पप्पुकुमार यादव, जलेश्वर–६ का २१ वर्षीय गोविन्दकुमार मिश्रा, जलेश्वर–१२ मलिवाराका २७ वर्षीय सरोज पाण्डे र सञ्जिब मिश्र रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।   पक्राउ परेका चारै जनाले आफू सो घटनामा सम्लग्न भएको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । प्रहरीसँगको बयानमा उनीहरुले पैसाका लागि बालक अपहरण गरेको बताएका छन् ।

प्रहरीले चारैजनाविरुद्ध कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाइएको छ ।    गत पुस ३० गते बालक पाण्डे अपहरणमा परेका थिए । जिल्लाको मलिवाडास्थित बस स्टेशनमा खेल्न गएका बेला अपहरण परेका बालक पाण्डे जलेश्वर १३ स्थित रातो खोलाको पश्चिम किनारमा रहेको खरबारीमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया