मोदीबिरुद्ध काठमाडौंमा उत्रिन नेकपाको आह्वान

मोदीबिरुद्ध काठमाडौंमा उत्रिन नेकपाको आह्वान


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ बैशाख २०७५
  • 68.1K
    Shares

नेपाल कम्युनिस्ट पार्टीले नेपाली जनतालाई सास्ती दिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विरुद्ध सबै जनतालाई काठमाडौंमा उत्रिन आह्वान गरेको छन । मोदी सरकार बनेपछि नेपालमाथिको भारतीय हस्तक्षेप इतिहासमा नै बढेर गएको, राष्ट्रघाती अरुण–३ परियोजनाको भारतीय प्रधानमन्त्री र नेपाली प्रधानमन्त्रीले काठमाडौंबाट नै संयुक्त उद्घाटन गर्ने, भ्रमणका नाममा कुटनीतिक मर्यादा उल्लखंन गर्दै भारतीय सेना र हतियार भित्राउने, विगतमा असकान सन्धि/सम्झौताका बारेमा केही नबोल्ने, नेपालका जलस्रोत लगायतका प्राकृतिक साधन/स्रोतमाथि कब्जा गर्ने रणनीति बनाउने जस्ता नेपालको सार्वभौमिकतामाथिको ठाडो चुनौति दिएको भन्दै वैशाख २९ गते काठमाडौंमा विरोध गर्न सडकमा उत्रिन नेकपाले आह्वान गरेको हो ।
उसले देशका सबै देशभक्त, राष्ट्रवादी र जनतान्त्रिक शक्तिलाई उक्त विरोध कार्यक्रममा सहभागि भइ देशभक्तिपूर्ण आन्दोलनलाई सफल पार्न पनि अपील गरेको छ । सबैलाई थाहै छ, आफूलाइृ देशभक्त भनाइरहेको केपी ओली र उनको सरकारले नेपालमा मोदीको भ्रमणसँग जोडिएर भएका राष्ट्र र जनता विरोधी हर्कतलाई टुलुटुलु हेरेर बसिराखको छ । साथै यो सरकारले नेपालको भूमिमाथि भएको अतिक्रमण, विगतका असमान र राष्ट्रघाती सन्धि/सम्झौता, ५ महिलासम्म लगाएको अघोषित नाकाबन्दीका बारेमा केही पनि नबोलेर मालिक खुशी पार्ने नीति लिएको छ । अहिले सबै पक्षबाट मोदीको नेपाल भ्रमण व्यापक विरोध भएको छ ।
यसै गरी नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्रीको रहस्यमय र नेपाली नागरिकको चाहना विपरीतको नेपाल भ्रमणको विरोध गरेको छ । बिहीबार नेकपाका पोलिट ब्युरो सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज विरहीले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली नागरिक र देशभक्त व्यक्ति तथा संस्थाहरुको भावना एवं अभियानप्रति ऐक्यबद्धता जाहेर गर्दै देशभक्तिको आन्दोलनमा सहभागि हुन अपिल गर्नुभएको छ ।
उहाँर्ले अरुण—३ को खारेजी र विराटनगरकोे २०६५ सालमा स्थापित भै आजसम्म नहटाइएको कथिर्त बाढी नियन्त्रण तथा उद्धार कार्यालय’ नहटाएसम्म आफ्नो पार्टीले सशक्त रुपले प्रतिरोध संघर्ष जारी राख्ने’ बताउनु भएको छ । इन्चार्ज विरहीको विज्ञप्तिमा राजनीतिक विश्लेषणको आधारमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रामण अरुण—३ आयोजना कब्जा गर्न, विराटनगरको जासुसी अड्डा कायम राख्न र महाभूकम्पको पीडाको समयमा नेपालमाथि नाकाबन्दी लगाएर थप पीडा र घाँटी निमोठेर नेपाली जनतालाई झुकाउन गरिएको अपराधर्को प्रायश्चित’ गर्न यो भ्रमणले नेपाल सरकार र सरकारमा रहेका दलहरुको दलाल चरित्रलाई झनै उदांगो पारेको छ ।’ उल्लेख छ । साथै, उहाँले नेपाल भ्रमणको बहानामा कुटनीतिक मर्यादा र नेपालको सार्वभौमिक अखण्डताप्रति नै प्रश्न उठ्ने गरी भारतीय सुरक्षाकर्मीहरुको घुसपैठ भएको भन्दै घोर आपत्ति जनाउनु भएको छ ।

प्रतिक्रिया