नेकपाका पांच कार्यकर्ता बेपत्ता पारे लगत्तै गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल गिरफ्तार

नेकपाका पांच कार्यकर्ता बेपत्ता पारे लगत्तै गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २१ चैत्र २०७४
  • 17.9K
    Shares

केपी शर्मा ओली नेतृत्वको सरकारले कानुन विपरीत नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरी बेपत्ता पार्न शुरु गरेको छ । बन्दी–प्रत्यक्षीकरणको रिटमा सुनसरी जिल्ला अदालतको आदेशमा रिहा भएलगत्तै नेकपाका सुरज राई, रोशन ढकाल, लक्ष्मण कार्की, सुरेशकुमार राई र मोहन कार्कीलाई अदालतको प्रवेशद्वारबाटै गिरफ्तार गरी बेपत्ता पारेको छ ।

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल पक्राउ परेका छन् । गोरखा नगरपालिका १२ स्याउलीबजारस्थित उनकै छिमेक रामबाबु कुमालको घरमा बसिरहेका बेला इन्चार्ज कुमाललाई मंगलबार साँझ आठबजेतिर पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी प्रकास अधिकारीले जानकारी दिए ।

‘कतैबाट आउँदै गर्दा गाडीबाट झरेर स्याउलीबजारको रामबाबु कुमालको घरमा जाने बित्तिकै फलो गरिरहेका हाम्रा प्रहरीले समाते’, एसपी अधिकारीले भने ‘अरु पनि खोजीको सूचिमा छन् । क्रमश समातिन्छन् ।’

उनीलाई केहीदिन अघि दर्बुङमा रहेको एनसेल मोबाइल टावरमा आगजनी गरेको अभियोग लगाइएको छ । साथै सोमबार राती मसेलको डोजरमा आगो लगाएको आरोप पनि लगाइएको एसपी अधिकारीले बताए।

यसैबीच प्राप्त जानकारी अनुसार, सर्लाही र सिन्धुलीमा प्रहरी प्रशासनले अनावश्यक गतिविधि गरी स्थानीय जनतामा आतङ्क सिर्जना गरेको छ । सर्लाही र सिन्धुलीबाट नेकपाका नेता तथा कार्यकर्तालाई गिरफ्तारसमेत गरेको छ । खासगरी सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपालिका र त्यसको वरपर प्रशासनले जनयुद्धकाल कै झल्को आउने गरी अनावश्यक गतिविधि गर्ने, जनतालाई दुःख दिने, गिरफ्तारी गर्ने काम गरिरहेको स्थानीयहरु बताउँछन् ।

जनकपुर ब्युरो इन्चार्ज अरुणका अनुसार, मंगलबार प्रहरीले नेकपाका हरिहरपुर गढि गाउँपालिकाका इन्चार्ज तथा सिन्धुली जिल्ला सदस्य कपिललाई गिरफ्तार गरेको छ । त्यस्तै मंगलबार नै अखिल नेपाल भूमिहिन सुकुम्बासी संघ (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष तथा नेकपाका सर्लाही जिल्ला सदस्य मोहन सहनीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।

 

प्रतिक्रिया