घुस लिँदालिँदै नासु कमल भुजेल पक्राउ

घुस लिँदालिँदै नासु कमल भुजेल पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ चैत्र २०७४
  • 10.6K
    Shares

भूमिसुधार कार्यालय ब्यासी, भक्तपुरका नायब सुब्बा कमल भुजेल घुस लिँदालिँदै पक्राउ परेका छन् ।  उनी सेवाग्राहीबाट १० हजार रूपैयाँ घुससहित अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोलीबाट पक्राउ परेका हुन् ।

 

चाँगुनारायण नगरपालिका-८ मा जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि उनीले सेवाग्राहीसँग घुस रकम माग गरेका थिए । उनलार्इ कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको अायोगका प्रवक्ता दीर्घराज मैनालीले बताए । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया