बालिका बलात्कारको अभियोगमा आयल निगमका हाकिम पक्राउ

बालिका बलात्कारको अभियोगमा आयल निगमका हाकिम पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ४ भाद्र २०७३
  • 8.4K
    Shares

नेपाल आयल निगमको भैरहवा वितरण केन्द्रका प्रमुख चित्तरञ्जन दास

बालिका बलात्कार प्रयासको अभियोगमा नेपाल आयल निगम  भैरहवा वितरण केन्द्रका प्रवन्धक चित्तरञ्जन दास पक्राउ परेका छन् । शुक्रबार साँझ भैरहवास्थित देवकोटा चोकमा रहेको वितरण केन्द्रकै कर्मचारी प्रकाण्ड मिश्रको डेरामा बस्न पुगेका उनले सोहि घरमा बस्दै आएकी १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको प्रहरी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार कर्मचारी प्रकाण्ड ससुराली गएको भएपनि उनी एक्लै प्रकाण्डको डेरामा बस्न पुगेका थिए । डेरामा पुगेका उनले सोहि घरमा बस्दै आएकी बालिकालाई ललाई फकाई डेरामा बोलाएर बलात्कार प्रयास गरेका थिए । उनले बालिकालाई जबरजस्ती गर्न थालेपछि बालिका चिच्याउँदा छिमेकीले थाहा पाई घटनास्थल पुगेका थिए भने उनीहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी बुद्धिराज गुरुङले प्रवन्धक दास पक्राउ परेको पुष्टि गरे । यद्यपी उनले बालिकामाथि सामान्य हातपात भएको उजुरी प्रहरी समक्ष आइपुगेपछि उनलाई नियन्त्रणमा लिइएको बताए । तर अर्का प्रहरी अधिकारीले भने बलात्कार अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

आयल निगम स्रोतका अनुसार उनी केहि साता पहिलेमात्रै निगमको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सरुवा पाएर आउन ठीक्क परेका थिए भने त्यसका लागि रमाना पत्र बुझिसकेका थिए । गएराती समातिँदा उनी कट्टु र गन्जीमा मात्रै रहेका थिए ।

यसअघि पनि पटक पटक विवादमा तानिँदै आएका उनले भारतले नाकाबन्दी लगाउँदा ताका पेट्रोलमा घोटाला गरेको आरोप लागेको थियो । यस्तै सो बेला जिल्ला बजार अनुमगन टोलीका साथै क्षेत्रीय नापतौल तथा गुणस्तर कार्यलयलको संयुक्त टोलीले अनुगम गर्दा पम्पमा तलमाथि गरेको पाइएपछि सिलबन्दीमा परेको थियो । पछि वितरण केन्द्रमा नयाँ मेसिनको जडान गरिएपछि सिलबन्दी   खुलाइएको थियो ।

यसैबीच उनी पक्राउ परेसँगै छुटाउनका लागि निगमका उच्च अधिकारी लागिपरेको स्रोतहरुले बताएका छन् । तर, स्थानीयले भने कुनै पनि हालतमा अभियुक्तमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया