माओवादी केन्द्रको महाधिवेशन स्थगित

माओवादी केन्द्रको महाधिवेशन स्थगित


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ भाद्र २०७३
  • 9.8K
    Shares

नेकपा (माओवादी केन्द्र)ले पुस २८ गतेदेखि गर्ने भनेको पार्टीको राष्ट्रिय महाधिवेशन स्थगित गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा लाजिम्पाटमा बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘अध्यक्षको नेतृत्वमा बनेको सरकारका कामलाई प्रभावकारी बनाउनु हाम्रो अहिलेको प्राथमिकता हो ।’

भुसालले सरकारका काम प्रभावित नहुन भनेर महाधिवेशन स्थगित भएको प्रष्ट पारिन । ‘सरकारकै काममा मुख्य ध्यान दिनुपर्ने र पार्टीका काममा अध्यक्षले पर्याप्त समय दिन नसक्ने परिस्थितिका कारण महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको छ,’ भुसालले भनिन् ।

महाधिवेशन स्थगितसँगै भदौं ११ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक पनि स्थगित गरिएको छ ।  ‘भदौं ११ गते काठमाडौँमा गर्ने भनिएको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक स्थगित गरिएको छ । त्यसको बिकल्पमा सात वटै प्रदेशमा केन्द्रीय कार्यालयको उपस्थितिमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरुको सहभागितामा प्रदेशस्तरीय बैठक सम्पन्न गरिनेछ’, प्रवक्ता भुसालले भनिन् ।

प्रतिक्रिया