मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्विका प्रसाद आचार्यलाई माओवादी निकट विद्यार्थी संगठनले कालोमसो लगाएका छन् । छात्रबृत्तिको विषयमा ज्ञापनपत्र बुझाउन गएका नेकपा माओवादी केन्द्र, बैद्य निकट माओवादी तथा विप्लव निकट माओवादीले छलफल सकेर कार्यालयबाट निस्कदै गर्दा विप्लव माओवादी निकटका केहि ब्यक्तिहरुले शिक्षा अधिकारीलाई कालोमसो लगाएका हुन् ।
जिल्ला शिक्षा अधिकारीलाई कालो मोसो किन भन्दै नेकपा माओवादी लेखिएको पर्चा उक्त स्थानमा फेला परेको छ । कालोमसो लगाउने क्रममा ३ वटै विद्यार्थी संगठनको सक्रियता रहेको बतााउँदै उनले पर्चा एक संगठनको नाममा भएपनि सबै तिनै विद्यार्थी संगठनको हात रहेको आचार्यको भनाई छ ।
उता बिप्लब माओवादीको घोशित बन्दको दिनमा जिल्ला शिक्षा अधिकारीले छलफलमा आफुहरुलाई पतो सम्म नभएकोले यस बिषयमा आफुहरु गम्भीर भएको sp मिरा चौधरी ले बताईन । उता माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सर्जित अर्यालले कालोमसो लगाउने काममा आफुहरुको कुनैपनि हात नरहेको बताए ।आफुहरु शिक्षा अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै फर्कदा घटना भएको आफुहरुले सुनेको उनले बताए ।