काभ्रेको विर्ता देउरालीमा बस दुर्घटना हुँदा ३२ यात्रूको मृत्यु, चालीस जना घाइते

काभ्रेको विर्ता देउरालीमा बस दुर्घटना हुँदा ३२ यात्रूको मृत्यु, चालीस जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३१ साउन २०७३
  • 7.7K
    Shares

काठमाडाैंबाट काभ्रेको मादनकुडारी जाँदै गरेको बस काभ्रेको विर्ता देउराली गाविसमा दुर्घटना हुँदा ३२ यात्रूको मृत्यु भएको छ छ । दुर्घटनामा चालीस जना घाइते भएका छन् । २६ जना घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । तीन जनाको सदरमुकाम धुलिखेलमा उपचार भइरहेको छ ।

kavre bus accident 9

काभ्रेको बिर्ता देउरालीमा दुर्घटनाग्रस्त बस
                       काभ्रेको बिर्ता देउरालीमा दुर्घटनाग्रस्त बस

काठमाडौंबाट कोशीपारी मादनकुँडारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस उकालोबाटोमा ब्याक भएर सडकबाट तल भीरमा खसेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले मृतकको संख्या ३२ पुगेको जानकारी दिएको छ । घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर छ ।

kavre bus accident 2

घटना दिउँसो एक बजेतिर भए पनि झण्डै एकघण्टापछि मात्रै प्रहरी टोली घटनास्थल पुगेको थियो । अरुण यातायातको बसमा यात्रुहरु खचाखच भरिएको थियो र छतमा समेत बसेका थिए । साथै बसले चामलसहितका खाद्य वस्तु पनि बोकेको थियो ।

kavre bus accident 3

अतयाधिक लोड भएको बसको  खहरे खोलाको उकोलोमा एक्कासी इन्जिन बन्द हुन पुग्यो । घाइतेहरुले बताए अनुसार चालकले स्टार्ट गर्ने योजनाका साथ ब्याक गरेका थिए । तर, ब्रेक लागेन र बस सडकबाट झण्डै ३ सय मिटर तल खस्यो ।

kavre bus accident 4

भिरमा बस खसेका कारण टुक्रा टुक्रा भएको थियो । पाखै भरी मृतकको शव र घाइते यात्रुहरु थिए । दुर्घटनाको खबर पाएसलगतै पुगेका स्थानीयबासी उद्धारमा जुटेका थिए भने केही समयपछि प्रहरी टोेली पनि पुगेको थियो ।

kavre bus accident 5

मृतकको शव संकलन जारी

घाइतेहरुलाई उद्धार गरी अस्पताल पठाएपछि अहिले भीरमा छरिएका मृतकका शव संकलन गर्ने कार्य भइरहेको छ ।निक्कै ठूलो भीरमा शवहरु यत्रतत्र छरिएकाले संकलनमा कठिनाई भइरहेको उद्धारमा संग्लग्न स्थानीय पुष्करराज पन्थले जानकारी दिएका छन् ।

kavre bus accident 6

घाइतेलाई काठमाडौं ल्याइयो

घाइतेलाई काठमाडौंबाट गएको नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि काठमाडौं ल्याएको छ ।काभ्रेका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइएको जानकारी दिए । त्यस्तै तुलनात्मक रुपमा कम घाइतेहरुलाई अस्पतालसम्म पुर्‍याउन ५ वटा एम्बुलेन्सको प्रयोग गरिएको छ । उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको छ ।

kavre bus accident 8

kavre bus accident 7

घाईते कोपिलाले अरुको उपचार गरिन 

काठमान्डूको बबरमहलस्थित  जनशक्ति विकास अनुसन्धान संस्थामा अनमी पढिरहेकी कात्तिके देउराली ज्यामिरे ६ की २१ वर्षकी कोपिला गौतम सोहि बसमा यात्रारत  थिइन । बसको ढोका छेउमा बोरामाथि बसेर आफ्नो घरतिर जाँदै गरेकी गौतम दुर्घटनामा परिन् ।  आफू स्वयंम घाइते भएको अवस्थामा उनले अरुको उपचार गर्न भने छाडिनन् । उनले भनिन्, दुर्घटनापछि हेर्दा कोहीको हात भाँचिएको त कोहीले रगत आइरहेको थियो । सबैभन्दा ठीक छ म नै छु भन्ने लाग्यो ।’

बबरमहलस्थित जनशक्ति विकास अनुसन्धान संस्थामा अनमी पढिरहेकी घाईते कोपिला गौतम
बबरमहलस्थित जनशक्ति विकास अनुसन्धान संस्थामा अनमी पढिरहेकी घाईते कोपिला गौतम

उनका अनुसार घरमा काम लाग्छ भनेर पेनकिलर, ब्याण्डेज, मलहम बोकेकी थिइन् । बस दुर्घटनामा परेपछि उनले त्यही प्रयोग गरेर घाइतेहरुको उपचार गरिन् । ‘५/६ जनालाई पेनकिरल दिएँ । केहीलाई ब्याण्डेज लगाए’ उनले भनिन् ।

 

प्रतिक्रिया